१५ बैशाख २०८१, शनिबार
Tags

लागुऔषध नियन्त्रणब्युरो द्वारा चेक जाँचको क्रममा चाँदी सहित एक जना पक्राउ

रणभूमी सोमबार, कार्तिक १५, २०७८

बिराटनगर / बिराटनगर महानगरपालिका १५ स्थित रानीको १ नम्बर ढाटबाट चाँदी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ५ का २६ बर्षीय रबिन ठाकुर रहेका छन् ।

हिजो बेलुका ६ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई बिना बिलको ५६० ग्राम चाँदीका गरगहना सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्