रणभूमी सम्वाददाता बिहिबार, कार्तिक २०, २०८३
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१२ रोडशेषस्थित एक होटलबाट लागूऔषध ब्राउन सुगरसहित होटल सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कार्तिक १८ गते विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रोडशेषस्थित वीरेन्द्र होटल एण्ड लजमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा होटलको काउन्टर नजिकै कालो प्लास्टिकको झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा ४८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र एक थान डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध बरामद भएसँगै होटल सञ्चालक विराटनगर महानगरपालिका–११ निवासी ३५ वर्षीय निकु सिंहलाई पक्राउ गरेको हो। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्