१४ बैशाख २०८१, शुक्रबार
Tags

सशस्त्र प्रहरी टोली जहदा भुटाहा द्वारा पटका नष्ट

रणभूमी मंगलबार, कार्तिक १६, २०७८

बिराटनगर / अवैध रुपमा नेपाल भित्रयाउदै गरेको प्रतिबंधित पटकाहरु सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जहदा भुटाहा मोरङ्ग बाट खटेको टोलीले जहदा र बुद्धनगर बाट बरामद तथा संकलन गरी खाल्डो खानी नष्ट गरेका छन् ।

तिहारमा व्यापारिक प्रयोजनको लागि नेपाल ल्याउँदै गरेकाे प्रतिबंधित विष्फोटक पदार्थ आतिसवजी पटकाहरु सशस्त्र प्रहरी टोलीले चेक जाचको क्रममा पक्राउ गर्दै संकलन गरेर जम्मा पारी स्थानिय जनप्रतिनिधी, बुद्धिजिवी, सर्वसाधारण मानिस र सञ्चारकर्मिको रोहवरमा ८ फिटको खाल्डो खनी पटका हालेर पानी खन्याई माटोले पुरेर नष्ट गरेका हुन । जम्मा एक लाख मूल्य बराबरको रहेको पटकाहरु थियो ।

तिहारमा यसरी प्रतिबंधित पटका आतिसबाजीहरुमा अनावश्यक खर्च नगरे समाजलाई दुर्घटना बाट जोगाउनु साथसाथै पर्यावरणलाई पनि प्रदुषण हुन बाट रोक्न सकिने पटका नष्ट गर्न उपस्थित रहेका बिराटनगर महानगरपालिकाको १८ नम्बर वडाका अध्यक्ष राजदेव यादवले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्