०७ बैशाख २०८१, शुक्रबार
Tags

दुई लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

Ranbhumi बिहिबार, चैत्र १२, २०७७

उर्मिला यादव यात्री
नवलपरासी / जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करिब दुई लाख ७२ हजार ९ सय ६० रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी एक लाख ३७ हजार ५ सय २० रुपैया मुल्य बराबरको अमुल फ्रेस क्रिम २ कार्टुन, मख्खन ४ कार्टुन, पास्ता ५ किलो., जेन्स सर्टको कपडा २२ रोल, तन्ना २० पिस र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २० हजार २ सय ४० रुपैया मुल्य बराबरको २ सय४० लिटर डिजल प्रतापपुर गाउँपालिका वडा नम्बर ७ सुर्यपुराबाट बरामद गरेको हो । उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै÷लैजादै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । यस्तैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १ लाख १५ हजार २ सय मुल्य बराबरको ९६ पिस कुर्ता सुरुवाल पाल्हिनन्दन गाँउपालिका वडा नम्बर .२ भक्सिपुरबाट बरामद गरेको छ । बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्