१३ बैशाख २०८१, बिहिबार
Tags

सामाजीक विकास मन्त्री यादवलाई सम्मान

रणभूमी आइतबार, कार्तिक २१, २०७८

बिराटनगर / बिराटनगर महानगर पालिका १४ जतुवा स्थित श्री राम जानकी संरक्षण समित द्वारा नव नियुक्त माननिय सामाजीक विकास मन्त्री जयराम यादवलाई सम्मानित गरेकाे छ ।

लामो समय देखि मधेसी समुदायको हक अधिकारको लागि आवाज उठाउँदै राजनीतिमा उत्रेर निष्पक्ष क्षवी बनाएका बिराटनगर १४ निवासी मन्त्री जयराम यादव मधेसी समुदायमा लोकप्रिय नेताको रुपमा पहिचान बनाउँदै प्रदेश नं. १ को सामाजीक विकास मन्त्रालय सम्भालेका हुन् ।

श्री राम जानकी संरक्षण समित द्वारा आयोजना गरिएको सम्मान कार्यक्रमा माननिय मन्त्री यादवलाई सम्मान गर्न विभिन्न राजनीतिक दलको प्रतिनिधि सहित जसापा नेपालको मोरङ्ग अध्यक्ष राजकुमार यादव, विद्यार्थी नेता राकेश रोशन यादव, वरिष्ठ पत्रकार तथा साहित्यकार रामरिझन यादव, बिराटनगर १७ का वडा अध्यक्ष समिम कमर, शिक्षक संघ लगायत तिन सयको हाराहारीमा व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्