१४ बैशाख २०८१, शुक्रबार
Tags

२४१ थान टिटी सहित एक जना पक्राउ

रणभूमी सोमबार, कार्तिक २२, २०७८

बिराटनगर / भारत बाट शरीरको विभिन्न ठाउमा सेट गरी ल्याउदै गरेको प्रतिवन्धित लागु औषध सहित सीमा प्रहरी चौकी रानीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जोगबनी बाट खुट्टा र पेटमा सेतो टेपले बाँधेर लागुऔषध २ सय ४१ एंपूल टिटी सेट गरी ल्याउदै गर्दा प्रहरीलाई शंका लागि सीमा प्रहरी चौकी रानी र लागु औषध नियन्त्रण व्युरोको सहयाेगमा लागुऔषध सहित मानिसलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका व्यक्ति संखुवासभा जिल्ला मादी नगर पालिका ९ बस्ने वर्ष ३९ को राजु गुरुङ्गलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्