०४ बैशाख २०८१, मंगलबार
Tags

रौनियार सेवा समाज र नेपाल वैश्य यूवा संघ द्वारा २५ परिवारलाई छठ पूजा सामग्री वितरण

रणभूमी मंगलबार, कार्तिक २३, २०७८

विराटनगर / आर्थिक अवस्था कम्जोर भएकै कारण छठपर्व मनाउनबाट बन्चित नहोस भन्ने उदेश्यले रौनियार सेवा समाज र नेपाल वैश्य यूवा संघले संयुक्तरूपमा २५ वटा विपन्न परिवारलाई पूजापाठ सामग्रीहरू वितरण गरेका छन् ।

सुती साढी र पुजामा चाहीने फलफुल लगायत छठ पुजाको लागि आवश्यकता अनुसारको कोनीया वा ढाकीमा चाहिने सम्पूर्ण पूजापाठको सामग्री छठ पूजा गर्ने विपन्न परिवारलाई सामुहिक रूपमा वितरण गरेका छन् ।
विराटनगर महानगर पालिका वडा नं. ६ र ११ का २५ घरपरिवारले छठ पूजा गर्न आर्थिक अवस्था कम्जोर भएकोले सो सम्भव नभएको परिवारलाई छनौट गरि छठ पूजा सामग्री वितरण गरेका हुन् ।

उक्त वितरण कार्यक्रममा रौनियार सेवा समाज विराटनगरको अध्यक्ष राम नरेश साह, नेपाल वैश्य यूवा संघको अध्यक्ष गणेश साह, वैश्य यूवा समाजको केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्याम नारायण साह, सल्लाहकार द्वय शिवनारायण गुप्ता, रामनाथ गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

छठ पूजापाठ गर्नवटा काहीँ पनि बन्चित हुन् नपरोस भन्ने उदेश्यले विगत १० वर्ष देखि समाजले विपन्न परिवारलाई पूजापाठ सामग्रीहरू वितरण गर्दै आएका छन् । यसपाली पनि २५ परिवारलाई पूजापाठ सामग्री वितरण गरिएको नेपाल वैश्य यूवा संघको मोरङ्ग अध्यक्ष गणेश साहले वताए ।

यहाँ कमेन्ट गर्नुहोस्