०७ बैशाख २०८१, शुक्रबार
Tags

एकै समयमा अलग अलग ठाउँबाट दुईजना लागु औषध सहित सिमा प्रहरीको नियन्त्रणमा

रणभूमी बुधबार, कार्तिक २४, २०७८

बिराटनगर / सिमा प्रहरी चौकी रानी र लागु औषध नियन्त्रण ब्युरोको टोलीले दुई अलग अलग ठाँउ बाट शरिरमा सेट गरेको प्रतिबंधित लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

छठ पुजाको दिन सीमावर्ती एरियामा सुरक्षाकर्मी पातलो अवस्था देखिएको मौकाको फायदा उठाउँदै लागु औषध कारोबारीहरु सक्रियभई लागु औषध ओसार पोसार गर्ने दुईलाई प्रहरिले आज दिउँसो अन्दाजी ३ बजेको समयमा पक्राउ गरेकाे छ । सधै झै आज पनि सीमा प्रहरी चौकी रानी प्रमुख प्रनानि दिल्ली बहादुर देवकोटाले लागु औषध ओसार पोसार र दुव्र्यसनी नियन्त्रण गर्ने अभियानको क्रममा लागु औषध नियन्त्रण ब्युरोको सहयाेगमा संयुक्त रूपमा लागु औषध सहित दुवै जनालाई पक्राउ गरेकाे हाे । पक्राउ परेका धरान उपमहानगर पालिका १३ बस्ने वर्ष १६ को नाबालक प्रदिप लिम्बू को शरिरमा सेतो टेपले बेरेर ल्याउदै गरेको अवस्थामा लागु औषध टिटी लुपिजेसिक ३३ एमपुल, फेनरगन ३३ एमपुल, डाईजिपाम ३३ र एभिल ३३ गरी १ सय ३२ थान बिराटनगर १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट बाट ब्युरोको टोलीले बरामद गरेको थियो । त्यसैगरी बिराटनगर १६ को दक्षिणगेठ बाट धरान उपमहानगर पालिका १ बस्ने वर्ष २२ को रमेश भट्टराईलाई पेन्ट भित्र हालेर ल्याउदै गरेको लागु औषध टिटी लुपिजेसिक १६ एमपुल, फेनरगन ४ एमपुल, डाईजिपाम १६ , एभिल १६ एमपुल र नाईट्रोभेट ट्याब्लेट १० थान पक्राउ गरको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

सिमा प्रहरी चौकी रानीको प्रनानि देवकोटा सीमामा आएदेखि लागुऔषध ओसार पोसार र दुव्र्यसनीलाई पुरै रोक्न नसकेपनि सके सम्म त्यस्तालाई निरुत्साहित बनाई नियन्त्रण र कारवाहीको लागि अभियान नै सञ्चालन गरेको देवकोटा बताउँछन् । सोही क्रममा सिमा बाट इप्रका पठाइएका २० जना भन्दा बढी लागु औषध ओसार पोसारमा संग्लग्नहरुलाई कार्वाहीको लागि मुद्दा प्रक्रिया अगाडि बढिसकेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्