०६ बैशाख २०८१, बिहिबार
Tags

छठ पोखरीहरुमा पुगेर सवैलाई शुभकामना दिँदै सामाजीक विकास मन्त्री यादव

रणभूमी बुधबार, कार्तिक २४, २०७८

बिराटनगर / छठ पुजाको विशेष अवसरमा १ नं. प्रदेश का सामाजीक विकास मन्त्री माननिय जयराम यादव विराटनगरको बिभिन्न छठ पोखरीहरुमा पुगेर व्रतालुहरुलाई छठ पुजाको शुभकामना दिँदै अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।

आज दिउँसो देखि साझ सम्ममा माननिय मन्त्री यादवले आफ्ना शुभचिन्तक तथा सहयोगीहरुलाई लिएर बिराटनगर तथा आसपासको पोखरीहरुमा हुने छठ पुजामा सहभागि हुन पुगेका थिए ।

मन्त्री यादव विराटनगरको नहर, केसलीया खोला, मण्ठा पोखरी, रानिमाई पोखरी, पारसनाथ पोखरी, रानी हेल्थ पोस्ट अगाडिको पोखरी गरी अनेकौ पोखरीहरुमा हुने छठ पुजामा सहभागि भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्