१५ चैत्र २०८०, बिहिबार
Tags

१६ केजी गाँजा सहित टेम्पु र चालक पक्राउ

रणभूमी आइतबार, मंसिर ०५, २०७८

बिराटनगर / मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ ।

हिजो राती ८ बजे ईलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले संका लागी चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो ।

गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका ३ का २४ बर्षीय बुद्दराज राईलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्