१३ बैशाख २०८१, बिहिबार
Tags

लागुऔषध टिटी सहित एक जना पक्राउ

रणभूमी आइतबार, मंसिर ०५, २०७८

पर्सा / पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं.४ बन्जारी पुल स्थित सडकखण्डमा सिमा प्रहरी चौकी भिष्वा बन्जारीबाट खटिएको चेकिङग टोलीले भारतबाट नेपालतर्फ लागु औषध बोकी आउँदै गरेको अबस्थामा पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

शनिवार साँझ साढे ६ बजेको समयमा ना. ४५ प ११६४ नम्बरको मोटरसाइकलमाथि शंका लागि रोकेर चेक जाँच गर्दा लागु औषध फेला परेको थियो । ” मोटरसाइकल चालक जिल्ला पर्सा धोविनी गाउँपालिका वडा नं.२ आसवारी बस्ने बर्ष २६ को दिवाकर कुमार साहको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको सेतो नाइलनको झोलामा लुकाइछिपाई ल्याएको लागु औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताए ।”
साहको साथ बाट लागुऔषध नुफ्रिन ४५० एम्पुल, डाइजोपाम ४५० एम्पुल र प्रोमिफाइजाम हाईड्रोकोलोराइड ४५० एम्पुल गरी जम्मा १३५० एम्पुल फेला परेको थियो । साहलाई लागुऔषध र मोटरसइकल सहित नियन्त्रणमालिई कार्वाही प्रक्रियाको लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्