१३ बैशाख २०८१, बिहिबार
Tags

समाजवादी कारखाना श्रमिक संघद्वारा मंसिर १२ देखि आन्दोलनको चेतावनी

रणभूमी सोमबार, मंसिर ०६, २०७८

बिराटनगर / मंसिर ६, बिराटनगर-१८ स्थित एकीकृत भन्सार जाँच चौकीमा कार्यरत श्रमिकले ९ सुत्रीय माग अघि सार्दै आन्दोलनको घोषणा गरेका छन् । समाजवादी कारखाना श्रमिक संघ एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ को अगुवाइमा श्रमिकहरुले आन्दोलनको घोषण गरेका हुन् ।

समाजवादी कारखाना श्रमिक संघ एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ को अगुवाइमा श्रमिकहरुले आन्दोलनको घोषण गरेका हुन् । श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६को उपदफा (१)को (क) ,(ख) ,(ग) र उपदफा(२)अनुसार ९ सुत्रीय माग अघि सारेको र पुरा नभएसम्म भन्सार क्षेत्र पूर्णरुपमा बन्द ठप्प पारेर आन्दोलन गर्ने समाजवादी कारखाना श्रमिक संघ एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ इकाई अध्यक्ष शम्भु कुमार यादवले जनाएको छ ।

ट्रेड युनियनले आज आईसिपी गेटमै पत्रकार सम्मेलन गरी मंसिर १२ देखि अनिश्चितकालिन आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गरेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्