१६ चैत्र २०८०, शुक्रबार
Tags

द लेप्रोशी मिशन नेपालको १ बर्षमा ४५० जना आपाङ्गता भएका ब्याक्तीहरुलाई जोड्ने लक्षय

रणभूमी सोमबार, मंसिर ०६, २०७८

बिराटनगर / मंसिर ६, अपाङ्गता भएका ब्याक्तिहरुका लागि उर्जाशील अवसर परियोजनाले नेपाल पत्रकार महासंघ मोरङ्गको सभाहलमा पत्रकार सम्मेलन गरी बार्षिक प्रगति बिवरण सार्बजनिक गर्दै समीक्षा बैठक सम्पन्न गरेको छ ।

द लेप्रोशी मिशन नेपाल नामक संस्थाले पश्चिमी नेपालको पाँच वटा जिल्लामा कुष्ट रोग क्षेत्रमा काम गदै आईरहेको भएपनि हाल एक बर्ष देखि पुर्वी नेपालको सुनसरी र मोरङ्ग जिल्लामा कुष्ट रोग संग संगै अपाङ्गता क्षेत्रमा पनि काम गदै आईरहेको छ ।

द लेप्रोशी मिशन नेपालका ईनचार्ज विपिन्न दासले सम्मेलनमा बोल्दै भने हामीले बिगतमा कुष्ट रोग क्षेत्रमा काम गदै आईरहे पनि अहिले अपाङ्गता क्षेत्रमा पनि काम गर्न थालेका छौ । आपाङ्गता भएका ब्याक्तिहरुलाई बिभिन्न किसिमका तालीम दिई स्वरोजगार गर्न तथा रोजगारी गर्ने बतावरण मिलाई दिदै आएको बताए । उनले भने हामीले स्वरोजगार गर्नको लागि आर्थिक सहयोग पनि गदै आएका छौ । एक बर्षमा ४५० जना आपाङ्गता भएका ब्याक्तीहरुलाई यस संस्थामा जोडने लक्ष्य राखेको सो संस्थामा हाल २०८ जनाले नाम दर्ता गराई सकेका छन् । जस मध्ये हाल ९८ जनाले काम गरीरहेका छन् । जस्मा ६८ जना स्वरोजगार गरीरहेका छन् भने ३० जना बिभिन्न संघ संस्थामा कार्यरत रहेको ईन्चार्ज दासले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित