०६ बैशाख २०८१, बिहिबार
Tags

खनन विभागको ओएसडीको पैतृक निवासमा निगरानी विभाग को छापा

राजेश कुमार शर्मा शुक्रबार, मंसिर १०, २०७८

जोगबनी / मंसिर १०, विषेश निगरानी विभागको टीम द्वारा अररिया स्थित खनन विभागको ओएसडीको ठाउँमा छापामारी गरिरहेको छ ।

विशेष निगरानी इकाईको टीमले ओएसडी मृत्युंजय कुमारको अररिया स्थित पैतृक आवासमा छापामारी गरेको छ । खानी तथा भूतत्व विज्ञान प्रौद्योगिकी मन्त्री जनक रामको ओएसडी मृत्युंजय कुमारको अररिया स्थित पैतृक आवासमा निगरानी विशेष शाखाको टीमले छापामारी गरिएको कुरा बाहिर आईरहेको छ कि निगरानी विभागमा एडीएम रेंकको अधिकारी मृत्युंजय कुमार माथी आय भन्दा बढी संपत्ति भएको कम्प्लेन दर्ता गरिएको थियो । विशेष निगरानी शाखाको एएसपी सुधीर कुमारको नेतृत्वमा डीएससी विपिन कुमार र इंस्पेक्टर अजय कुमारको साथमा स्थानीय थानाको पुलिसले अररियाको रहिका टोला स्थित मृत्युंजय कुमारको आवासमा सघन छापामारी गरेको थियो । छापामारी गरिएको स्थान मृत्युंजय कुमारको पैतृक आवास हो र यो ठाउँमा निगरानीलाई केही पनि हाथलागि भएन भनी छापामारी पछी एएसपी सुधीर कुमारले बताए । वहाँले बतायो कि निगरानी विभागले ओएसडीको अररिया सहित चार ठाउँहरुमा एक साथ छापामारी गरिरहेको छ । पटना र कटिहारमा निगरानीलाई ठुलो सफलता मिलने कुरा बाहिर आइरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्