१३ बैशाख २०८१, बिहिबार
Tags

नक्कली घुमुवा प्रहरी रानी बाट पक्राउ

रणभूमी सोमबार, मंसिर १३, २०७८

विराटनगर / मंसिर १३, जिल्ला प्रहरी कार्यालय मोरङको घुमुवा (सादा पोशकको कर्मचारी) प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने एक जना पक्राउ परेका छन् ।

सादा पोशकका घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने विराटनगर महानगरपालिका १२ का ३१ वर्षिय पुष्प राज चेम्जोङलाइ इलका प्रहरी कार्यालय रानीले पक्राउ गरेको छ ।

चेम्जुङले भारतको जोगवनीदेखि सामान खरिद गरेरका आएका व्यापारीहरुलाई नक्कली प्रहरी बनेर सादा पोशकका घुमुवा प्रहरी हु भन्दै व्यापारीहरुसँग रकम माग गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका चेम्जोङले तस्करहरुसँग पनि रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी विराटनगरको रानी, मटेरुवालगायतको सीमा नाकाहरुमा बसेर व्यापारीहरुसँग रकम असुल्ने गरेको बुझिएको छ ।

अहिले अवैध सरसामान ओसार पोसार गर्नेहरू लगायत अपराधिक क्रियाकलाप गर्नेहरुलाई निरुत्साहित र निगरानी गर्न जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालय विराटनगरले धेरै जना घुमुवा परिचालन गरेको हुनाले पनि जोकोहीले आफूलाई घुमुवा बताउँदा सजिलै पत्याईहाल्ने वातावरण पनि छ ।

यहाँ कमेन्ट गर्नुहोस्