१४ बैशाख २०८१, शुक्रबार
Tags

प्रति किलो २ करोडमा बेच्न लागेको युरेनियम पद्वार्थ सहित ३ जना पक्राउ

रणभूमी बिहिबार, मंसिर १६, २०७८

काठमाण्डौ / मंसिर १६, युरेनियम जस्तो देखिने टल्किने पद्वार्थ सहित अपराध महाशाखाको टोलीले तिन जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

हिजो साझँ ५ बजेको समयमा काठमाण्डौ महानगर पालिकाको वडा नं. १६ को बालाजु बसन्तनगर स्थित एक गेष्ट हाउसमा युरेनियम जस्तो देखिने टल्किने पद्वार्थको अबैध कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखा बाट खटेको विषेश प्रहरी टोलीले १२ सय ग्राम सामान सहित तिन जना मानिसलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

१२ सय ग्राम युरेनियम जस्तो देखिने टल्किने पद्वार्थ सहित नुवाकोट जिल्ला बिदुर न.पा.६ घर भई हाल काठमाण्डौ मनमैजु बस्ने बर्ष ३१ को प्रदिप घिमिरे, सोही ठाँउ बस्ने बर्ष ३१ को राजेन्द्र परियार र काठमाण्डौ तारकेश्वर न.पा.फुटुङ् बस्ने बर्ष ३६ को रंजित कार्की पक्राउ परेका छन् । प्रति के.जी. २ करोडको दरले किनबेच हुन लागेको प्रहरीको अनुसन्धान बाट खुल्न आएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्