०६ चैत्र २०८०, मंगलबार
Tags

बिराटनगर भन्सार कडाई, एक सय रुपैयाँ भन्दा बढीको सामानलाई अनिवार्य राजस्व

रणभूमी आइतबार, मंसिर १९, २०७८

बिराटनगर / मंसिर १९, चाँड पर्व होस् वा विवाह लाग्नको सिजन नेपालीहरुको भारती बजार जोगबनी मोह बढेर नेपाली बजार समेत प्रभावित भईरहेको हुनाले बिराटनगर भन्सार कार्यालय रानीले सय रुपैयाँ भन्दा बढीको सामान भारत बाट ल्याए अनिवार्य राजस्व तिर्नुपर्ने नियमलाई पुनः व्यवहारमा ल्याउने भएको छ ।

दैनिक बिराटनगर भन्सार कार्यालय रानीको बाटो भएर हजारौं मानिसहरू नेपाल बाट भारत किनमेलको जाने गरेका छन् । जसको कारणले नेपाली बजार प्रभावित हुनुका साथसाथै देशको अर्थतन्त्र समेत प्रभावित हुने भएकोले भन्सार बिन्दु बाट आउने भारतिय सामानहरूको अनिवार्य राजस्व असुल्ने अभियानमा बिराटनगर भन्सार कार्यालय लागिपरेको हो ।

भन्सार नियमावली अनुसार एक सय रुपैयाँ भन्दा बढीको सामानको अनिवार्य राजस्व तिर्नुपर्ने नियमलाई भन्सार कार्यालय रानीले यात्रु शाखा को माध्यमबाट व्यवहारमा लागू गर्न आज बिहानै देखि कडाई गरेकाे छ ।

भन्सार सुरक्षाको लागि खटेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको सहयोगमा भन्सार कार्यालय रानीले एक सय रुपैयाँ भन्दा बढीको सामान भारत बाट ल्याए आवश्यक प्रक्रियाको लागि यात्रु शाखा सम्म पुर्याउने गरेका छन् ।

पहिले एक दुई थान सामान व्यवहारमा भन्सारले राजस्व नलिई छाड्ने गरेको थियो जसको फल स्वरूप थोरै थोरै सामान हरु दिनभरी ओसारेर व्यापारिक हिसाबले सामान ओसार्दै राजस्व छली गर्नेहरुको संखया पनि बढ्दै गएको थियो । सिमा बाट ठुलो परिमणमा सामान कसैले नल्याए पनि बाहिर व्यापारिक हिसाबको सामानहरु धेरै फेला पर्न थालेपछि पनि सय रुपैयाँ भन्दा बढीको सामानलाई अनिवार्य राजस्व तिर्नु पर्ने वातावरण बनाएको हो । निजी गुन्टा झिटी भारी सम्बन्धी सूचना जारी गर्दै कडाई थालिएको छ बिराटनगर भन्सार कार्यालय सूचना अधिकारी रामचन्द्र प्रसाद ढुङ्गानाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्