१३ बैशाख २०८१, बिहिबार
Tags

व्यक्तिगत काम र राजनितीमा लगेर शिक्षकहरू विद्यालय आउन छोडेपछि विद्यार्थीहरु आन्दोलित

मौलाना मो.अकील सोमबार, मंसिर २०, २०७८

इटहरी / मंसिर २०, सुनसरीको लौकही स्थित एक सामुदायिक विद्यालयमा शिक्षकहरू विद्यार्थीको पढाईमा भन्दा व्यक्तिगत काममा बाढी ध्यान दिएपछी विद्यार्थीहरु सडकमा उत्रेर आन्दोलन गर्न बाध्य भएका छन् ।

लौकही १ नं. वडामा रहेको श्री राष्ट्रीय माध्यमिक विद्यालयमा शिक्षकहरुले व्यक्तिगत काम र राजनितीमा लागेर विद्यार्थीहरुको पढाईमा लापरवाही गर्न थालेपछि कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु केहीबेर सडक जाम गर्दै बिद्यालय र स्थानिय सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

हरेक दिन विद्यालय समयमै सुरु हुने तर
विद्यालयमा शिक्षक शिक्षिकाहरु कोही पनि कक्षा कोठामा उपस्थित नहुने कारणले विद्यार्थीहरुको पठन पाठन बिग्रिँदै गएको हुनाले विद्यार्थीहरु आन्दोलन गर्न सडकमा उत्रेको बताउँछन् ।

घरायसी काम तथा राजनीतिको चक्करमा लागेर शिक्षक शिक्षिकाहरुले बालबालिकाहरुको पढाई लेखाइमा हेलचक्राई गरेपछी विद्यार्थीहरुले आफ्नो समस्या लिएर वडा समिति पनि गएको बताउँछन् । तर वडा समितिबाट पनि विद्यार्थीहरुको पठन पाठनको समस्या समाधान गर्न आश्वासन समेत नआएको कारण विद्यार्थीहरुले विद्यालय सँगसँगै स्थानिय सरकार तथा जनप्रतिनिधी बिरुद्द समेत नाराबाजी गर्दै प्रदर्शनमा उत्रेको विद्यार्थीहरुले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्