१३ बैशाख २०८१, बिहिबार
Tags

‘कोशिश’ले आयोजना गरेको दुई दिने मनोसामाजिक अपाङ्गता सम्बन्धी तालिम सम्पन्न

रणभूमी बिहिबार, पुष ०८, २०७८

विराटनगर / पौष ८, मनोसामाजिक अपाङ्गताको विषयमा काम गर्ने संस्था कोशिश ले दुई दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठनले पौष ७ गते बुधवार देखि सुरु गरेको दुई दिने अभिमुखीकरण तालिम कार्यक्रम आज सम्पन्न गरेको हो ।

कोशिशमा मानसिक अपाङ्गता भएको १५ जना सदस्यहरु मध्ये लेख्न, पढ्न र बुझ्न सक्ने ७ जनालाई सदस्यहरुलाई तालिममा सहभागी गराएको थियो ।

कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन दौतरी सहयोग समुहको तालिमको उद्येश्यहरु आफ्नो सवालमा आफै स-पैरवी गर्ने, आफू जस्तै समस्या भएका व्यक्तिहरूलाई सहभागी गराउने, समुहका सदस्यहरूको क्षमता अभवृद्धि तथा सशक्तिरण गर्ने, एक आपसमा भनेको कुरा आदान प्रदान गर्ने, समाजमा जनचेतना फैलाउने तथा सरकारले निति नियममा गरेको व्यवस्थामा पहुँच अभिवृद्धिको लागि पहल गर्ने लगायतको रहेको कार्यक्रम परियोजना संयोजक राजेन्द्र कुमार यादवले बताए ।

कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठनको सहजीकरणमा स्थापना भएको मनोसामाजिक समस्या भएका व्यक्तिहरूको विराट दौतरी सहयोग समुह स्थापना भएदेखि प्रतेक हप्ता र १५ दिनमा नियमित बैठक बस्दै मनोसामाजिक अपाङ्गता सम्बन्धी विषयमा छलफल गर्नेगरेको यादवले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्