१३ बैशाख २०८१, बिहिबार
Tags

रानी जोगबनी नाकामा थप कडाई आवत जावत पुर्ण रुपमा पुर्ण रुपमा बन्द

Ranbhumi बिहिबार, चैत्र १२, २०७७

बिराटनगर / कोरोना संक्रमण पुनः भारतको विभिन्न प्रान्त लगायत बिराटनगर मा पनि संक्रमितहरु देखिन थालिए पछी जिल्ला प्रशासन कार्यालय मोरङ्ग ले सिमामा थप कडाईका साथ नेपाल भारत ओहोर दोहोर हुने बिराटनगर जोगबनी को खुला रहेको वैकल्पिक ठाउ हरु पुर्न रुपमा ठप्प पारेका छन ।भारत को जोगबनी संग टासिएर रहेको खुला वैकल्पिक सिमा दरैया, रानी, मटियरुवा र ईश्लामपुर गरी सबै स्थान हरुमा प्रहरी र सशस्त्र प्रहरीहरुको अगुवाईमा बन्द गरिएको हो ।संक्रमण को जोखिम कम गर्न भिड भाड हुने ठाउहरुमा मान्छेको भेला जमघट हुन नदिन स्वास्थ मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठक बाट सहमति गरि सिमामा थप कडाई गर्ने निर्णय गरेका हुन ।नेपाल भारत सिमा मा रहेको जोगबनी बजारमा नेपालीहरुको भिड बढीनै हुने हुनाले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी, सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट दरैया , इलाका प्रहरी कार्यालय रानी , सिमा प्रहरी चौकी रानी र अस्थायी प्रहरी चौकी मटियरुवा लगायतका प्रहरीलाई नेपाल भारत आउजाउ बन्द गर्न कडाई का साथ निर्देशको पालना समेत गर्दै आईरहेको देख्न सकिन्छ ।बिहिवार ११ बजे देखी गरिएको कडाईको कारणले बिहानै जोग्बनी पुगिसकेका हजारौको भिड नेपाल प्रवेश पाउन थप वैकल्पिक बाटोहरु खेत नाला बाट नेपाल आउन प्रयास गरिरहेको देख्न सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्