०७ बैशाख २०८१, शुक्रबार
Tags

सुनसरी बाट दुई थान पेस्तोल सहित २ जना पक्राउ

रणभूमी मंगलबार, पुष १३, २०७८

सुनसरी / पौष १३, सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-१ स्थित बि.एस. होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको हो ।

होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, ७.६५ एमएम को गोली ३ राउण्ड बरामद गरिएको हो । निजहरुबाट मोबाइल १ थान, बि अार ५० के ०१४९ नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ । पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्