०८ बैशाख २०८१, शनिबार
Tags

१६ किलो लागु औषध (चरेश) सहित मानिस पक्राउ

रणभूमी मंगलबार, पुष १३, २०७८

कैलाली / पुष १३, जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटेको विषेश प्रहरी टोलिले रातिको समयमा एक जिप बाट १६ किलो बराबरको चरेश जस्तो देखिने प्रदार्थ पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

हिजो राती ११ बजेको समयमा जिल्ला कैलाली चुरे गा.पा.५ बेल्चापलान स्थित सु.प.प्र.प्र.का.धनगढीबाट “रिट” टोली र अ.प्र.पोष्ट खानिडाँडाबाट खटीएको संयुक्त प्रहरी टोलीले बझाङ देखी धनगढी तर्फ आउदै गरेको से १ ज ७१८ न. को जिपलाई चेकजाँच गर्दा चालकको पछाडी पट्टिको सिटमुनी २ वटा प्लाष्टिकको सेतो कट्टा र १ वटा कालो झोलामा अन्दाजी १६ (सोह्र) किलो लागु औषध (चरेस) जस्तो देखीने कालो बस्तु फेला पारी नियन्त्रणमा लिएको हो । चालक बझाङ जिल्ला बुङ्गल नगरपालिका ११ देउलीकोट बस्ने बर्ष २८ को बिर बोहरा र सोही ठाउँ बस्ने बर्ष ४० को गमिलाल बोहरालाई जिप सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्