१६ चैत्र २०८०, शुक्रबार
Tags

दुहवी बाट कटुवा पेस्तोल सहित १ जना पक्राउ

रणभूमी बुधबार, पुष १४, २०७८

सुनसरी / पौष १४, सुनसरीको दुहवी नगरपालिका-३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी उप-महानगरपालिका-१२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल शाह रहेका छन् । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहवी-३ बाट शाहलाई पक्राउ गरेको हो । शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ । हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्