१५ चैत्र २०८०, बिहिबार
Tags

विराटनगरबाट सिटी सफारी चोरेर बाथनाहाको कबाडी पसलमा बेच्ने दुई पक्राउ

रणभूमी शुक्रबार, पुष १६, २०७८

विराटनगर / पौष १६, विराटनगरको विभिन्न ठाउँहरूबाट सिटी सफारी चोरेर भारतको एक कबाडी पसलमा बेच्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको छ ।

विराटनगर-१५ स्थित राधाकृष्ण चौक बाट हिजो चोरी भएको विजय खत्वेको को १ ह ३४०९ नं. को सिटी सफारी चोरी भएको सूचना पाए लगत्तै खोजी तलासी गर्ने क्रममा हिजो बिहानको समयमा बुधनगर इलाका बाट सिटी सफारी सहित बिराटनगर १४ बस्ने वर्ष २५ को मो. जावेद र सोही ठाउँ बस्ने वर्ष २२ को संजीव साह गरी दुई जनालाई प्रहरीले पक्राउ गरेकाे थियो ।

इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गर्दा जावेद र संजीवले बिराटनगर बाट सिटी रिक्सा सफारी चोरेर भारतको बिहार राज्य अररिया जिल्लाको बाथनाहा स्थित बिरपुर चौक शितला भगवती मन्दिर नजिकै रोडको दाहिने पट्टि रहेको दशरथ पौद्दार संग मिलेर सिटी रिक्सा काटेर कबाडीमा बेच्ने गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय रानीले भारतिय प्रहरी सँग समन्वय गरी थप अनुसन्धान गरिरहेको इप्रका रानी प्रमुख प्रकाश राउतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्