१४ बैशाख २०८१, शुक्रबार
Tags

भन्सारमा झोला चेक जाँचको क्रममा लागु औषध बरामद

रणभूमी आइतबार, पुष १८, २०७८

बिराटनगर / पौष १८, भन्सार कार्यालय रानीमा खटेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको टोलीले चेक जाँचको क्रममा घरायसी सामान ल्याए जस्तो देखिने झोला भित्रबाट लागुऔषध बरामद गरेको हो ।

मोरङ्गको पथरी शनिश्चरे नगरपालिका-१ फुलबारी बस्ने वर्ष ४७ को पुष्प लाल पोखरेलले जोगबनी बाट साथमा बोकी ल्याएको घरायसी सामान ल्याए जस्तो देखिने झोला आज दिउँसो १ बजेको समयमा सशस्त्र प्रहरीको नियमित चेक जाँचको क्रममा लागुऔषध डाईजिपाम ७५ एमपूल, लुपिजेसीक ७५ एमपूल, फेनारगन ७५ एमपूल, डाईलेक्स डिसी ६ सिसी, स्पासमो प्रोक्सिवन् ८ क्याप्सुल र नाईट्रोभेट ट्याब्लेट ३० थान बरामद गरेको थियो ।

पक्राउ परेका पोखरेललाई लागुऔषध सहित आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्