०४ बैशाख २०८१, मंगलबार
Tags

नेपाल वैश्य युवा संघको वनभोज अफवाह नभएको पत्र सार्वजनिक

रणभूमी शुक्रबार, पुष २३, २०७८

विराटनगर / पौष २३, नेपाल वैश्य युवा संघ मोरङ्ग कार्यसमितिले शनिवार बिराटनगर-८ स्थित बलुवाहीमा रहेको विरटेश्वर वृद्धा आश्रममा नियमित वनभोज कार्यक्रम अफवाह नभई वास्तविक भएको ५ जनाले लेखेर हस्ताक्षर गरेको एक विज्ञप्ती सार्वजनिक भएको छ ।

नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमिति मोरङ्गको लेटर प्याडमा संघको अध्यक्ष कन्हैयालाल साह, उपाध्यक्ष दीपेन्द्र स्वर्नाकार र प्रेमनाथ गुप्ता तथा सचिव अमृत साह र कोषाध्यक्ष भोला साहले हस्ताक्षर गरी विज्ञप्ती मार्फत वनभोजका कुरा अफवाह नभएको जनाएका छन् ।

वनभोज कार्यक्रमको विषयमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएको समाचारहरु प्रति संघको ध्यानाकर्षण गर्दै उक्त समाचारको खण्डन स्वरूप प्रेस विज्ञप्ति सार्वजनिक गरिएको सचिव अमृत साहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्