१५ चैत्र २०८०, बिहिबार
Tags

नेपाल सोनार समाज द्वारा २ सय ५० असाहयलाई कम्बल वितरण

रणभूमी शनिबार, पुष २४, २०७८

विराटनगर / पौष २४, नेपाल सोनार समाज जिल्ला कार्यसमिति मोरङ्गले असहाय, दिनदुःखी, वृद्धवृद्धाहरुलाई न्यानो कम्बल वितरण गरेका छन् ।

विराटनगरको कञ्चनबाडीमा आफ्ना सहयोगीहरुलाई साथमा लिएर सोनार समाज मोरङ्गको अध्यक्ष महेश कुमार साह स्वर्नाकारले २ सय पचास जनालाई कम्बल वितरण गरेको हो ।

कोरोना महामारीको कारणले धेरै जना आर्थिक रुपमा कमजोर भइसकेको हुनाले यो जाडो याममा कठङ्रिएर बसेका असहाय व्यक्तिहरूलाई मानव धर्मको पालना गर्दै संस्था द्वार नियमित रूपमा गरिने सामाजीक कार्य अन्तर्गत कम्बल वितरण कार्य गरेको समाज का अध्यक्ष महेश कुमार साह स्वर्नाकारले बताए । यस अघि पनि मोरङ्गको रंगेली नगरपालिकामा यसरीनै कम्बल वितरण गरेको साहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्