१३ बैशाख २०८१, बिहिबार
Tags

भारत बाट जोगबनी हुँदै दैनिक २०% संक्रमितहरु नेपाल आउँदै गरेको पुष्टी

पवन विक्रम शाह मंगलबार, पुष २७, २०७८

विराटनगर / पौष २७, भारत बाट जोगबनी नाका हुँदै नेपाल आउने २० प्रतिशत मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।

विभिन्न कार्य प्रयोजनको लागि भारत बाट नेपाल आउने तथा भारत बाट लामो समय बसोबास गरी नेपाल आउने मानिसहरूको कोरोना जाच ( एन्टीजेन परीक्षण ) गर्दा २० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको नेपाल भारत सीमा रानी भन्सार कार्यालयमा अवस्थित रानी हेल्थ डेस्कले पुष्टि गरेको छ ।

अाज भारत बाट नेपाल आउने मानिसहरूलाई रानी हेल्थ डेस्कको चिकित्सक टोलीले एन्टीजेनको माध्यम बाट १ सय १४ जनाकाे कोरोनाको जाच गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जस्मा ४ जना नेपाली नागरिक थिए भने १७ जना भारतिय नागरिक रहेको हेल्थ डेस्कको चिकित्सक सुरेन्द्र यादवले बताए । एन्टीजेन रिपोर्ट पोजेटिभ आएको नेपालीहरुलाई होम आईसोलेसनमा बस्नु भनी पठाईएको थियो भने भारतिय नागरिकहरुलाई भारत तर्फ नै पठाईएको थियो ।

एन्टीजेन परिक्षण भएर संक्रमण पुष्टी भएको मानिसहरुमा कोरोना भाईरसको कुन भेरिएन्ट हो भनी यकिन गर्न रानी हेल्थ डेस्कले स्वाब प्रादेशिक प्रयोगशाला पठाउने गरेकाे यादव ले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्