१४ बैशाख २०८१, शुक्रबार
Tags

सङ्क्रान्ति पुजाको अवशरमा पञ्चमुखी हनुमान मन्दिरमा खिचडी तथा कम्बल वितरण

रणभूमी शनिबार, माघ ०१, २०७८

विराटनगर / माघ १, माघे संक्रान्तिको अवसरमा पञ्चमुखी हनुमान मन्दिरमा आज तिल सहितको प्रसाद खिचडी तथा असहायलाई न्यानो कम्बल वितरण गरेको छ ।

अाज विहान विराटनगरको मेनरोडमा रहेको पञ्चमुखी हनुमान मन्दिरमा नेपाल सोनार समाज मोरङ्ग समिति सँग सहकार्य गरी भगवान लाल साह को अध्यक्षतामा पञ्चमुखी हनुमान मन्दिर समितिले माघी सङ्क्रान्ति पूजा तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त खिचडी वितरण कार्यक्रमा तीन हजार बढीले प्रसाद ग्रहण गरेका थिए ।

सङ्क्रान्ति पुजाकै अवसरमा मन्दिर परिसर वरपर बस्ने दयनिय अवस्था भएका दीनदुःखीहरुलाई कम्बल वितरण गरेको नेपाल सोनार समाजको अध्यक्ष महेश कुमार साह स्वर्णकारले बताए । स्वर्णाकारले यस अघि पनि केही दिन अगाडी नेपाल सोनार समाज मोरङ्गको समिती मिलेर विराटनगरको कञ्चनबाडी तथा रंगेलीमा गरी तीन चार सय भन्दा बढी कम्बल गरीब असहाय तथा वृद्धवृद्धाहरुलाई वितरण गरिसकेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्