१६ चैत्र २०८०, शुक्रबार
Tags

दुतावासको प्रेस विज्ञप्ति

रणभूमी शनिबार, माघ ०१, २०७८

काठमाण्डौ / माघ १, भारत-नेपाल सीमा समस्याबारे हालै नेपालमा आएका समाचार एंव विज्ञप्तिबारे मिडियाले सोधेकाे प्रश्नमा भारतीय राजदूतावासका प्रवक्ताले दिएको प्रतिक्रिया:

१. भारत-नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रुपमा यथावत र स्पष्ट रहेको छ ।

२. दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरु वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने हाम्रो धारणा रहेकाे छ । दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुलाई सधै हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्