१४ बैशाख २०८१, शुक्रबार
Tags

लोभ ले लाभ लाभ ले विलाप भयो बर्जु महोत्सव आयोजक समितिलाई

पवन विक्रम शाह मंगलबार, माघ ०४, २०७८

विराटनगर / माघ ४, सुनसरीको बर्जु गाउँपालिका चिमडी स्थित तेश्रो बर्जु महोत्सव आयोजककै कारण लोभ र लापरवाहीको कारण करौडौंको क्षती भएको आरोप भारतिय कलाकार खेसारी लाल यादवले लगाइएको छ ।

बर्जु महोत्सवको मंगलवारको मुख्य आकर्षण रहेको भारतिय भोजपुरी चलचित्रका नायक खेसारीलाल यादवले आफुलाई महोत्सव आयोजक समितिले ढाँटेर बोलाएको आरोप लगाउँदै मेलामा भएको सम्पुर्ण क्षतीको जवाफदेही आयोजक हुनुपर्छ भनी बताए । महोत्सव आयोजक समितिले सार्वजनिक मेलामा गरिएको गरिएको सांस्कृति कार्यक्रममा कोबिडको अबस्थामा पनि जिल्ला प्रशासन कार्यालयले स्विकृती दिसकेको र महोत्सवमा टिकटको प्रावधान भएको विषय लुकाई ढाँटेर यादवलाई बोलाएको आरोप यादवले लगाए ।

कार्यक्रममा ५० रुपैयाँको ठाउँमा ५०० र ३०० सय रुपैयाँ प्रति व्यक्तिको दरले कार्यक्रमको टिकट बापत रकम संकलन गरेको आयोजक समितिले प्रतेक व्यक्तिलाई टिकट बापतको रकम फिर्ता दिनुपर्ने भन्दै खेसारिलाल यादवले उक्त घटनामा प्रसाशन, सरकार, दर्शक कसैको गलती नभएको र आयोजकको कारण यो घटना भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्