१३ बैशाख २०८१, बिहिबार
Tags

ठुलो परिमाणमा लागु औषध नेपाल ल्याउदै गर्दा पक्राउ

रणभूमी बिहिबार, माघ १३, २०७८

विराटनगर / माघ १३, ठुलो परिमाणमा लागु औषध नेपाल लैजाँदै गरेको सूचना पाएपछि एसएसबी जोगबनी ले ठुलो लागु औषध सहित एक जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

एसएसबी जोगवनी क्याम्प प्रमुख प्रवीण कुमार सिंहले बताएअनुसार वुधवार विहान लागु औषधहरु नेपाल लैजान तयार पारिएको गोप्य सूचनाको आधारमा सीमा पिलर नं. १८०/१ नजिक बाट जोगवनी-६ वस्ने दिलसादको साथ बाट लागु औषध सहित नियन्त्रणमा लिएको थियो । जस्मा पक्राउ परेको लागुऔषधहरुमा १०० एम एल को डाईलेक्स डीसी ४ सय ५० बोतल, स्पास्मो टेबलेट ८ सय ६४ पीस, निटराबेट टेबलेट ३ हजार थान, नितारासुन टेबलेट ५ सय थान रहेको सिंहले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्