०८ बैशाख २०८१, शनिबार
Tags

रेल्वे यार्ड निर्माण कार्य शिघ्र सम्पन्न गर्न मोरंग व्यापार संघको पहल

रणभूमी मंगलबार, माघ १८, २०७८

विराटनगर / माघ १८, मंगलबार मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल सहित पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुले विराटनगरको आई.सी.पी. स्थित निर्माणाधिन रेल्वे यार्डको निरीक्षण गरेका छन् । संघको विगतका निरन्तर पहलबाट थालनी भएको आई.सी.पी.को निर्माण कार्य अन्तरगत हाल आई.सी.पी., विराटनगर संचालनमा आई सकेको छ भने सो सम्मको रेल्वे यार्डको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

निरीक्षणका क्रममा अध्यक्ष नवीन रिजालले हाल रेल्वे यार्ड देखि आई.सी.पी., विराटनगर सम्मका लागि आवश्यक सडक र थप अन्य पूर्वाधारहरु विस्तार गर्ने कार्यहरु अघि बढि रहेको र आगामी मार्च २०२२ सम्म सम्पन्न गर्न पहल भई रहेको बताएका थिए । त्यसका साथै, अध्यक्ष रिजालले आई.सी.पी. सम्म रेल्वे कार्गो संचालनका लागि समेत संघले पहल थालेको र सोका लागि आवश्यक दुई देश बीचको सम्झौता कार्य यथाशिघ्र टुंग्याउन नेपाल र भारत सरकार समक्ष पहल भई रहेको बताएका थिए ।

अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको संघको उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष अनुपम राठी, सचिव संजय श्रेष्ठ, का.का. सदस्यहरु दिपेश सुवेदी, अमित सारडा, शुशिल सुराना, अमित राठी लगायतको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्