१३ मंसिर २०७९, मंगलबार
Tags

समाजसेवी विकाश मण्डल द्वार बिराटनगर-१६ मा न्यानो कपडा तथा मास्क वितरण

रणभूमी आइतबार, माघ २३, २०७८

विराटनगर / माघ २३, आज सरस्वती पूजाको अवसरमा बिराटनगर १६ दरैयामा समाजसेवी विकाश मण्डलले न्यानो लुगा तथा मास्क वितरण गरेका छन् ।

ज.स.पा. का नगर सदस्य तथा ट्रेड युनियन महासंघका प्रदेश सचिव, समाजसेवी अभियन्ता युवा नेता विकाश मण्डल र ईन्द्रेणी कला प्रतिष्ठान को संयुक्त आयोजनमा दरैया को गायक चौकमा आज बिहान १ सय ५० थान न्यानो कपडा तथा पाँच सय थान मास्क वितरण गरेका हुन् । जस्मा स्थानीय १ सय ३० जना बालबालिकाहरु लाई जाडोको लुगा तथा २० जना ज्येष्ठ नागरिक, एकल महिलाहरुलाई कम्बल र सारी द्वारा सम्मानित सहित हस्तान्तरण गरेका छन् भने कोरोनाको महामारीलाई मध्यनजर गर्दै चौकमा हिंडडुल गर्ने सर्वसाधारणहरुलाई पाँच सय थान मास्क वितरण गरीएको कार्यक्रम का अध्यक्ष तथा ईन्द्रेणी कला प्रतिष्ठान का अध्यक्ष नेपालका बहुचर्चित गायक रामा मण्डलले बताए ।

आजको कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि ज.स.पा. का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य जोगीलाल यादव, विशिष्ट अतिथि वडा न १६ का अध्यक्ष मनोज सुब्बा र ज.स.पा. का नगर उपाध्यक्ष एवं समाजवादी ट्रेड युनियन महासंघ १ नं प्रदेश अध्यक्ष मो. नसरुल लगाएत अतिथीहरु वडा सदस्य अशोक मण्डल, ट्रेड युनियन प्रदेश सदस्य सत्यनारायण यादव सहित संजीव मण्डल, अमित चौधरी, मदन तत्मा लगायत सयौं स्थानीय भद्रभलादमीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजक मण्डलले यस अघि पनि ३ वर्ष देखी ३ पटक जाडोमा कपडा वितरण गरेका छन् भने कोरोना महामारी मा २ पटक मास्क, सेनिटाईजर र साबुन वितरण गरी समाजमा उदाहरणीय कार्य गर्दै आएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्