१४ बैशाख २०८१, शुक्रबार
Tags

मोरङ्ग ब्यापार संघ द्वारा मीरगंज पुलको वैकल्पिक बाटोको लागि स्थलगत निरिक्षण

राजेश कुमार शर्मा आइतबार, माघ २३, २०७८

विराटनगर / माघ २३, नेपाल – भारतलाई जोड़ने मीरगंज पुल क्षतिग्रस्त भएपछि वैकल्पिक बाटोलाई लिएर डीएम सँग मोरङ्ग ब्यापार संघको प्रतिनिधिहरुले आज निरीक्षण गर्नुका साथै वैकल्पिक मार्ग चयनको मांग गरेको छ ।

नेपाल – भारत अंतरराष्ट्रीय सीमालाई जोड़ने मीरगंज स्थित पुल क्षतिग्रस्त भएपछी मोरंग व्यापार संघको आग्रहमा वैकल्पिक बाटो , क्षतिग्रस्त पुलको मरम्मत तथा निर्माणाधीन नया पुलको स्थित बारे जानकारी लिन आईतवार अररिया जिल्लाको डीएम प्रशांत कुमार सीएच आफ्नो दल बल सहित मीरगंज पुगेका थिए । सोही क्रममा वहाले सम्बन्धित अधिकारिहरु सँग उक्त सम्बन्ध मा जानकारी लिएको थियो । साथै वैकल्पिक बाटोलाई लिएर सोना इटा भट्ठा भएर जाने बाटो को पनि निरीक्षण गरेको हो । त्यसपछी मीरगंज स्थित निर्माणाधीन मुख्य मार्ग को जिरो पाॅईंटको पनि निरीक्षण गरेको थियो । सोही क्रममा अर्को पनि वैकल्पिक बाटोको अबस्था बुझ्न सीमा सुरक्षा सड़क भएर कुर्साकांटा तर्फ लागेका थिए ।

पुल क्षतिग्रस्त भएपछी आवागमन प्रभावित भईरहेको छ । जस्को निम्ति वैकल्पिक बाटो काे लागि निरीक्षण भयो । निर्माणाधीन पुलको स्थिति को जानकारी लिईसकिएको छ चाँडै नै यो समस्याको समाधान हुने निरीक्षण कै क्रममा पत्रकारहरु सँग कुरा गर्दै डीएम ले बताए ।

मोरंग व्यापार संघको अध्यक्ष नवीन रिजाल, उपाध्यक्ष अनुपम राठी, अनूप कुमार साह, जेनरल सेक्रेटरी अनिल सारडा, मनीष कुमार मारू ईसीएम, अमित सारडा, दीपेश सुबेदि, श्याम राठी, गोपाल अग्रवाल, भारत नेपाल समाजिक संस्कृति मंचको अध्यक्ष राजेश कुमार शर्मा, रेलवे परामर्श दात्री समिति बाट पप्पू अंसारी सहितको व्यक्तिहरू निरिक्षणमा सहभागि भएका थिए । सोही क्रममा मोरंग व्यापार संघको अध्यक्ष नवीन रिजालले मोरंग अररिया जिल्ला पदाधिकारी प्रशांत कुमार सीएच सँग दुई वटा वैकल्पिक बाटोको प्रस्ताव राखेका हुन् । जस्मा मालवाहक ट्रकलाई मीरगंजको इटा भट्ठाको बाटो बाट निकाल्न विचार गर्नुपर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्