१६ चैत्र २०८०, शुक्रबार
Tags

जोगवनीको खोरमा मारेको कुखुराहरु पुग्छ मासु पसल र होटलहरुमा

रणभूमी मंगलबार, माघ २५, २०७८

विराटनगर / माघ २५, खोरमा मरेको कुखुराहरु तयार पारेर भारत बाट नेपाल ल्याउँदै गरेकाे अवस्थामा प्रहरीले कुखुराको मासु पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

एक तिर मोरङ्ग जिल्ला भित्रै विभिन्न ठाउँहरुको कुखुरा फर्महरुमा वर्डफ्लु देखापरीरहेको छ त्यही अर्कोतिर खुला सीमाको फायदा उठाउदै कुखुरा तस्कर व्यापारीहरु भारत बाट अवैध रुपमा विभिन्न तरिका र नाकाहरु प्रयोग गरेर मारेको कुखुराहरु नेपाल ल्याएर मासु पसल तथा बढी रोष्ट वा कुखुराको मासु खपत हुने होटलहरुमा पुर्याउने गरिरहेका हुन्छन् ।

आज बिहानको समयमा जोगबनीको रेलवेको बाटो भएर भारतले दशगजामा बनाएको डम्पिङ साइटको बाटो हुँदै नेपाल ल्याउँदै गरेकाे मारेको कुखुराको मासु इलाका प्रहरी कार्यालय रानीको क्यूअारटी प्रहरीले बिराटनगर-१६ बाट पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

विराटनगरको केही ठूला मासु पसलहरुले भारत बाट सस्तो दरमा मारेको कुखुराहरु भारत बाट मंगाई विराटनगरको केही होटलहरुमा सप्लाई दिनेगरेका कुखुरा बोक्ने भरियाले बताए ।

पक्राउ गरेकाे कुखुराको मासु पशु क्वारेन्टाइनको निर्देशन मा नष्ट गर्ने इलाका प्रहरी कार्यालय रानीको प्रनी प्रकाश राउतले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्