१६ चैत्र २०८०, शुक्रबार
Tags

भन्सार छली ल्याएको लाखौंको सामान जफत गरी भन्सार दाखिला

रणभूमी बिहिबार, माघ २७, २०७८

विराटनगर / माघ २७, ससस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट दरैयाले तस्करी गरी भन्सार छली ल्याएको अवैध कपडा लता सहितको सामानहरु पक्राउ गरी भन्सार दाखिला गरेको छ ।

हिजो बिहान ८ बजेर ३० मिनेटमा अवैध रूपमा भन्सार छली तस्करीको उद्येश्यले नेपाल ल्याउँदै गरेकाे अन्दाजी मुल्य २ लाख ५३ हजार सात सय बराबरको सामानहरु सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दरैयाको मोबाईल गस्ती टोलीले पक्राउ गरी भन्सार दाखिला गरेको छ ।

पक्राउ गरिएको सामानहरुमा क्याट्रीन सायर ५ रोल, क्याट्रीन पाल १ थान, सेतो पर्दा ९ थान, कुर्थी कभर १९ थान, डल सेट ३ वटा, प्लेट ९१ वटा, कुर्ती १८० थान, कुर्ता सुरवाल १५ जोर, रहेको थियो । त्यसै गरी साडी ९ थान, साडी रोल ३ रोल, ठुलो लेगिस कम्पनीको लेदर पर्स १९० थान र सानो लेदर पर्स २० थान गरी सामानहरु रहेको थियो ।

क्यारिङ गर्ने भरियाहरु उखु बाटो भएर सामानहरु टाउकोमा बोकी नेपाल ल्याउँदै गर्दा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीलाई देखेर सामान छाडी जंगल तिर भागेको विओपी दरैया प्रमुख सप्रनि दिल कुमार पन्तले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्