१३ बैशाख २०८१, बिहिबार
Tags

मोरंग व्यापार संघको महिला उद्यम समितिद्वारा कम्बल वितरण

रणभूमी शुक्रबार, माघ २८, २०७८

विराटनगर / माघ २८, आज मोरंग व्यापार संघको महिला उद्यम समितिद्वारा मोरङको बुढीगंगा गाउँपालिका वडा ५ स्थित विभिन्न स्थानमा कम्बल वितरण गरेको छ ।

मोरंग व्यापार संघको महिला उद्यम समितिका संयोजक श्रीमती वन्दना जैनज्यूको नेतृत्वमा गएको टोलीले उक्त वडाका सुक्चर टोल, पोठिया वडा कार्यालय टोल र लवटोलियाका ५० घर परिवारका गरिव, असहाय र एकल महिलाहरुलाई ५० थान कम्बल वितरण गरेको
हो ।

बुढीगंगा गाउँपालिका वडा ५ का वडा अध्यक्ष श्री रमेश कुमार खनालज्यूको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा महिला उद्यम समितिका सदस्य श्रीमती साधना झा, श्रृति शर्मा, श्रीमती जीना श्रेष्ठ र संघका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मीको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्