१६ चैत्र २०८०, शुक्रबार
Tags

बिहारमा कोरोनालाई लिएर लगाइएको सबै प्रतिबन्ध हटाईयो

राजेश कुमार शर्मा आइतबार, फाल्गुण ०१, २०७८

भारत / फाल्गुन १, बिहार सरकारले कोरोनाको अवस्था हेरेर ठूलो निर्णय गरेको छ । बिहारमा कोरोनालाई लिएर लगाइएको सबै प्रतिबन्ध हटाइएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमार आफैले यो जानकारी दिएका छन् ।

मुख्यमन्त्री नितिश कुमारले ट्वीट मार्फत यो जानकारी दिएका हुन् । उनले आज कोरोना संक्रमणको वर्तमान अवस्थाको समीक्षा गरिएको बताए । कोरोना संक्रमण लगातार घट्दै गएको भन्दै फागुन १४ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि सबै प्रकारका प्रतिबन्धहरु फुकुवा गरिएको छ ।

अब सबै गतिविधिहरू कोभिड मैत्री व्यवहार र तोकिएको मानक सञ्चालन प्रक्रियाको अनुपालनको साथ सामान्य रूपमा सञ्चालन हुनेछन्। स्थानीय परिस्थितिअनुसार बन्देज लगाउने अधिकार जिल्ला अधिकारीलाई दिइएको छ । सामाजिक दुरी कायम गरी घरबाहिर निस्कँदा मास्कको प्रयोग गरी सावधानी अपनाउन अनुरोध गरिएको छ ।
विपद् व्यवस्थापन प्राधिकरणको आज पटनामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अब सबै सरकारी तथा गैरसरकारी कार्यालय पूर्ण क्षमताका साथ खुल्नेछन् । सबै समान पसलहरू पनि सामान्य रूपमा खुला रहनेछन्। विद्यालय, कलेज र कोचिङ शतप्रतिशत क्षमताका साथ खुल्नेछन् । कोरोनाको निर्देशन पालना गर्दै अब परीक्षा पनि लिन पाइने भएको छ ।

धार्मिक स्थल, सिनेमा हल, स्विमिङ पुल, पार्क-गार्डन पूर्ण क्षमताका साथ खुल्नेछन् । सबै प्रकारका राजनीतिक, सांस्कृतिक, खेलकुद प्रतियोगिताका लागि डिएमबाट अनुमति लिनुपर्नेछअनुमति लिएर यस्ता कार्यक्रम गर्न सकिन्छ । सोही मार्गनिर्देशन अनुसार विवाह तथा श्राद्ध समारोह सामान्य रुपमा सञ्चालन हुनेछन् । प्रमुख जिल्ला अधिकारी लाई आफ्नो क्षेत्रमा थप प्रतिबन्ध वा थप छूट दिन अधिकार दिइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्