०७ बैशाख २०८१, शुक्रबार
Tags

दुई महिलाको साथ बाट नेपाली रुपैयाँ ६ लाख नेपाल ल्याउँदैगर्दा पक्राउ

रणभूमी शुक्रबार, फाल्गुण ०६, २०७८

विराटनगर / फाल्गुन ६, रानी भन्सार नाकामा भारतको जोगबनी बाट आउँदै गरेकी दुई महिलाको साथ बाट सशस्त्र प्रहरीले नगद नेपाली ६ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको छ ।

बुधवार जोगबनी बाट नेपाल आउँदै गरेको बिराटनगर बस्ने दुई महिला मुन्नी साह र गित साहको साथ बाट चेक जाँचको क्रममा ६ लाख रुपैयाँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी बाट भन्सारमा खटेको डिउटी टोलीले बरामद गरी गरेकाे हाे । बुधवार राजस्व अनुसन्धान कार्यालय इटहरीले रकम बुझ्न झन्झट मानेपछि विहीवार बिराटनगर भन्सार कार्यालय रानीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

जोगबनी बजारमा नेपाली ग्राहकहरु बाट दैनिक करौडौँको व्यापार हुनेगरेको छ । त्यही सामान खरिद गर्न जाने नेपाली ग्राहकले नेपाली रुपैयाको प्रयोग गर्ने गर्छन् । भारतिय बजारमा व्यापार भई संकलन भएका नेपाली रुपैयाँहरु बैँक मार्फत नेपाल पठाए श्रोत देखाई सबै रकमको कर तिर्नुपर्ने हुनाले बैंकिङ कारोबार नगरी व्यक्तिहरूलाई प्रयोग गरेर भारत बाट नेपाली रुपैयाँ नेपाल पठाउने गरेका हुन्छन् जसलाई हुन्डीको कारोबार भनेर पनि चिनिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्