१५ बैशाख २०८१, शनिबार
Tags

रंगेली रोडबाट लागु औषध सहित दुई जना पक्राउ

रणभूमी बुधबार, फाल्गुण ११, २०७८

बिराटनगर / फाल्गुन ११, जिल्ला प्रहरी कार्यालय मोरङले दुई जना मानिसलाई लागुऔषध ओसार पोसार गर्नेहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेको प्रहरी टोलिले मोरङ जहदा गाउँपालिका वडा नं.-४ रंगेली रोड बाट जाँदै गरेको ग १ प ९७०५ र प्रदेश १ ०२-०४७ प १३१६ नम्बरको मोटरसाईकलमा सवार बिराटनगर – ५ बस्ने वर्ष ३५ को मनोहर वस्ती र सुनसरी जिल्ला देवानगन्ज गाँउ पालिका १ बस्ने वर्ष २३ को जयकृष्ण मेहतालाई चेक जाँचको क्रममा लागुऔषध सहित नियन्त्रणमा लिएको हो । उनीहरूको साथ बाट प्रतिबंधित लागुऔषध नाईट्रोभेट ३ सय ९० थान, स्पास्मोप्रोक्सिभन १ सय २१ थान, कोडिन फोस्फेड ३८ वोतल र डाईलेक्स डिसी ३० बोतल फेला परेको थियो ।

पक्राउ परेका दुवै जनालाई ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्