१६ चैत्र २०८०, शुक्रबार
Tags

ब्राउनसुगर र तराजु सहित सिंह पक्राउ

रणभूमी बिहिबार, फाल्गुण १२, २०७८

बिराटनगर / फाल्गुन १२, लागु औषध नियन्त्रण ब्युरो बाट खटेको टोलीले मोटरसाईकलमा सवार एकको साथ बाट ३१ ग्राम लागुऔषध ब्राउन सुगर डिजिटल तराजु सहित पक्राउ गरी मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

मंगलवार अपराह्न बिराटनगर-१२ बाट को ३३ प ३३१४ नम्बरको मोटरसाईकलमा सवार बिराटनगर-६ निवासी वर्ष २६ को कुनाल सिंहलाई लागु औषध ब्राउनसुगर र त्यो जोख्न प्रयोग हुने सानो डिजिटल तराजु सहित व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सिंहलाई म्याद थाप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्