१४ बैशाख २०८१, शुक्रबार
Tags

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मलेसियन रिंगेट सहित एक भारतिय पक्राउ

रणभूमी आइतबार, फाल्गुण १५, २०७८

काठमाण्डौ / काठमाण्डौ बाट मलेसिया जानलागेको एक भारतियको साथ बाट विमान स्थलमा ३८ हजार नौ सय मलेसियन रिंगेट सहित नियन्त्रणमा लिई राजस्व अनुसन्धानलाई बुझाएको छ ।

विषेश सूचनाको आधारमा फाल्गुन ११ गते राति साढे ८ बजेको समयमा काठमाण्डौंबाट मलेसियाको क्वालालाम्पुर प्रस्थान गर्न लागेका ४० वर्षीय भारतीय नागरिक आरिष नाम गरेको राहदानी नं भि ४७१८४३६ (पुरानो राहदानी नं टी ३१८७०५८) भएको व्यक्ति हिमालय एयरलाइन्सको उडान नं. एच९८९० बाट जान लागेको बेला साथमा बोकेको लगेज बाट बरामद गरेकाे थियाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेशिनमा चेकजाँच गर्ने क्रममा निजले लिई आएको लगेज भित्र खैरो रंगको खाममा मलेसियन रिंगेट ३८ हजार ९ सय लुकाई छिपाई अवैध रुपमा वाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुरमा बुझाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्