०७ बैशाख २०८१, शुक्रबार
Tags

गुप्ताको पहलमा लागुऔषध अखडाहरुको ध्वस्त गर्दै एसएसबी, जमीन मुनिबाट निकाल्यो लागुऔषध

रणभूमी बुधबार, फाल्गुण २५, २०७८

बिराटनगर / फाल्गुन २५, केही दिनअघि नेपाल आउनुभएका भारत बिहार राज्यको उप-मुख्यमन्त्री तारकेश्वर प्रसाद सँग नेपाली कांग्रेसको प्रदेश सदस्य राजेश गुप्ताले सिमावर्ती एरियामा लागुऔषधको अवैध कारोबारलाई ध्यानाषर्ण गराएपछि अहीले लगातार लागुको अड्डाहरुमा छापा मार्दै आज पनि ठूलो परिमाणमा लागु औषध जफत गरेको छ ।

बिराटनगर महानगर पालिका स्थित नेपाल-भारत सीमा जोगबनीको १० नम्बर वडा टिकुलिया बस्तीमा लाग्ने लागुऔषधको हटिया मा पुगेर हजारौ नेपाली युवाहरु कुलत दुर्व्यसनीमा लागी जिवान नष्ट गर्दै आएको समस्यालाई सीमावर्ती एरियामा बसोबास भएका कारण नजिक बाट हेर्दै आईरहेका बिराटनगर-१५ घर भएका नेपाली कांग्रेस १ नं प्रदेश सदस्य लोकप्रिय नेता राजेश गुप्ताले उप- मुख्यमंत्री तारकेश्वर प्रसाद सँग नेपाल-भारत सिमामा हुने लागुऔषधको समस्याको एक पटक गम्भीर भएर पहल गरिदिन आग्रह गरेका थिए ।

बिहारका मुख्यमंत्री तारकेश्वर प्रसाद नेपाल बाट भारत फर्के देखि अहिले सम्ममा दर्जनौ अवैध रुपमा लागुऔषध बिक्री वितरण हुने टिकुलिया बस्तीको अड्डाहरुमा छापामारी गर्दै कार्वाही गरेर ध्वस्त बनाईरहेको छ ।

अहिले नेपाल-भारत सीमावर्ती एरियहरुमा सीमा सुरक्षा बल एसएसबीको एन्टी लिकर ग्रुप र क्विक रेस्पोन्स टीम गठन गरी सीमावर्ती एरियामा बढी हुने बिहारमा प्रतिबन्धित मदिरा तथा नेपालमा प्रतिबन्धित लागु औषधको समस्या समाधान तर्फ अगाडी सारेका छन् ।

फाल्गुन ८ गते एसएसबीको टोलीले टिकुलिया वस्तीमा एक आगु औषध व्यापारीको घरमा छापा मारी लागु औषध नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाएको थियो । सोही क्रममा फाल्गुन २० गते बिहार राज्यको मुख्य सचिव के.के.पाठकले सो ठाउँको निरीक्षण समेत गरेर त्यहाँ डिउटीमा रहेका नेपाली सुरक्षाकर्मीहरु सँग केहीबेर अन्तरकृया समेत गरेका थिए । सो लगत्तै अहिले जोगबनीको तिकुलिय बस्तीमा बाट घरहरूमा छापा मारेर ठुलो परिमाणमा लागु औषध जफत गरेका सीमा सुरक्षा बल एसएसबीको ५६औं बाहिनिले जनाएको छ ।

आज पनि एसएसबीको टोलीले टिकुलिया बस्तीको एक घर बाट जमीन मुनि गाडेको छ सय दुई बोतल लागुऔषध डाईलेक्स डिसी नियन्त्रणमा लिएको बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्