१५ बैशाख २०८१, शनिबार
Tags

बीजेपीको उत्तर प्रदेशसहित तीन राज्यमा जितपछि जोगबनीमा विजययात्रा

रणभूमी बिहिबार, फाल्गुण २६, २०७८

जोगबनी / फाल्गुन २६, उत्तर प्रदेशसहित तीन राज्यमा भारतीय जनता पार्टीको भारी जितपछि जोगबनी भाजपा कार्यकर्ता पूर्व मण्डल अध्यक्ष राजनन्दन यादवको अध्यक्षतामा नगरमा विजयी ¥याली निकालेका हुन् । बिहीबार निकालिएको विजययात्रा जोगबनी हाईस्कुल चोकबाट सुरु भई नगर परिक्रमा गरी मुख्य नाका हुँदै स्टेशन रोडमा समापन भएको थियो ।

विजययात्रामा सहभागी कार्यकर्ता ढोल बजाएर मोदी–योगी नारा लगाएर नाचगान गर्दै विजयको खुसी मनाउँदै आएका थिए । यस क्रममा कार्यकर्ताहरुले एक अर्कालाई गुलाल लगाएर आतिशबाजी गरेका थिए । सोही अवसरमा सहरमा कार्यकर्ताले विजयको खुसीमा मिठाई समेत बाँडेका थिए । यस अवसरमा भाजपा जिल्ला मन्त्री रोहित यादवले भाजपाको यो विशाल विजयमा जोगबनी भाजपा कार्यकर्ताहरूले दीपावली र होली दुवै मनाएको बताए। सो अवसरमा मण्डलका अध्यक्ष अरविन्द साह, कुन्दन पोद्दार, पवन यादव, दिवाकर दुबे, सञ्जीव दास, मिस्टी सिन्हा, नीता सिन्हा, रामकुमार यादव, सन्तोष यादव, अविनाश झा लगायत सयौं कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्