१४ बैशाख २०८१, शुक्रबार
Tags

नेपाल बाट लगेको हरिणको सिङ्गसहित दुई जना एसएसबीको नियन्त्रणमा

राजेश कुमार शर्मा बिहिबार, फाल्गुण २६, २०७८

बिराटनगर / फाल्गुन २६, बुधबार राति अमगाछी एसएसबीले नेपालबाट तस्करी हुँदै आएको हरिणका सिङ्गसहित दुई तस्करलाई पक्राउ गरेको छ ।

अमगाछी एसएसबी क्याम्प इन्चार्ज विनोद कुमारले बताये अनुसार नेपालबाट हरिणको सिङ्ग तस्करी भइरहेको गोप्य सूचना पाएका थिए । सूचना पाएलगत्तै रामगञ्ज ओसरी नजिक जवान पठाएर नाका ड्युटी लगाइएको थियो, जहाँ जवानले नेपालबाट आएका दुई जनालाई रोकेर अनुसन्धान गर्दा उनीहरुको साथबाट एउटा मृगको सिङ बरामद भएको थियो । तस्करबाट बरामद गरिएको हरिणको सिङ्गको अन्तर्राष्ट्रिय बजारमा मूल्य २२ लाख रुपैयाँ रहेको छ ।

एसएसबीले बरामद गरेको मृगका सिङ्ग र पक्राउ परेका दुवै तस्कर जोगबनी प्रहरी चौकी अन्तर्गत जगिर पलासीका प्रवीणकुमार यादव र कुश्माहाका मञ्जेशकुमार यादवलाई कागजी प्रक्रियापछि जोगबनी प्रहरी चौकीमा बुझाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्