१३ बैशाख २०८१, बिहिबार
Tags

उद्योगहरूलाई बैंक ऋण सहज गर्न मोरङ्ग व्यापार संघ आन्दोलित

रणभूमी डेस्क मंगलबार, चैत्र ०१, २०७८

बिराटनगर / चैत्र १, विराटनगरका उद्योगी–व्यवसायीले बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका छन् ।

उद्योगी–व्यवसायीले बैंकहरुको संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झारिनुपर्ने मागसहित आज बिराटनगर स्थित नेपाल राष्ट्र बैंक जादा प्रवेशमा राेक लगाएपछि बैंक आगाडी नाराबाजी गर्दै केहि बेर प्रदेशन समेत गरेका थिए।

मोरङ व्यापार संघको अगुवाईमा गएको उद्योगी व्यवसायीहरूले उत्पादनमुलक उद्योगहरूलाई बैंक ऋण सहज गर्न, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न, संस्थागत निक्षेप ६ प्रतिशत कायम गर्न, लगानी मैत्री वातावरण तयार पार्न माग गर्दै आएका छन् । सोहीक्रममा समाचार संकलन गर्न गएका पत्रकारहरू माथी राष्ट्र बैंकका सुरक्षा गार्डहरूले दुर्व्यवहार गरेका छन् ।

माेरङ व्यापार संघको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएकाे टाेलीलाई बैङ्क प्रवेशमा राेकिएकाे उद्याेगी एवं माेरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल ले बताए।

माेरङ व्यापार संघका अध्यक्ष नबिन रिजालले भने ‘हामीलाई भित्र जान राेकिएकाे छ । प्रहरी कुटपिटमा उत्रिएकाे छ,’ ‘शान्तिपूर्ण रूपमा ज्ञापनपत्र बुझाउन आएकाे हामीलाई भित्र जान राेकेर राष्ट्र बैङ्क प्रशासनले दादागिरी देखाएकाे छ ।’

यहाँ कमेन्ट गर्नुहोस्