०८ बैशाख २०८१, शनिबार
Tags

मोरङ्ग व्यापार संघका अध्यक्ष सहित निवर्तमान र पूर्वअध्यक्ष सम्मानित

रणभूमी डेस्क बुधबार, चैत्र ०२, २०७८

बिराटनगर / चैत्र २, बुधबार नारदमुनी पवित्रादेवी स्मृति कोषले मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल सहित निवर्तमान अध्यक्ष प्रकाश मून्दडा र पूर्वअध्यक्ष महेश जाजूलाई आफ्नो सतकर्म प्रयासबाट समाजका विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदान, विभिन्न क्षेत्रमा गर्नुभएको समाज सेवा तथा नेपाली औद्योगिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गरिएको छ ।

सरस्वती उच्च मा.वि. झोराहटमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दडा र विशिष्ठ अतिथिका रुपमा संघका अध्यक्ष नवीन रिजाल र का.का.सदस्य आशिष जाजूको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्