१५ चैत्र २०८०, बिहिबार
Tags

सिमावर्ती एरियामा भएको मदिरा पसलमा अनुगमन

रणभूमी डेस्क बिहिबार, चैत्र ०३, २०७८

बिराटनगर / चैत्र ३, नेपाल भारत सिमावर्ती एरियामा नेपाल तर्फ भएको मदिरा पसलहरुमा जिल्ला प्रशासन कार्यालय मोरङको अगुवाईमा अनुगमन भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ प्रमुखको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं ३ गण प्रमुख, राष्ट्रीय अनुसंधान कार्यालय मोरङ प्रमुख, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग का प्रतिनीधि, वाणिज्य कार्यालय प्रतिनिधि, आन्तरिक राजस्व कार्यालय प्रतिनिधि, सशस्त्र प्रहरी विओपी प्रमुख, इलाका प्रहरी कार्यालय प्रमुख तथा सीमा प्रहरी चौकी प्रमुख सहितको टोली साथमा लिएर मोरङ्गको बिराटनगर लगायत सीमावर्ती एरियाहरुमा भएको मदिरा पसलहरुमा अनुगमन गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले गरेको अनुगमनमा मदिरा बिक्री वितरणको अनुमति लिए नलिएको, सामानको गुणस्तर तथा सिमावर्ती एरियामा मदिराको कारण बाट हुने विकृति समस्याको रूप नलियोस् भनी अनुगमन गरिएको मोरङ जिल्ला प्रशासन कार्यालय प्रमुखले बताए ।

नेपालमा कानुनी रूपमा खुला भए पनि भारतको बिहार राज्यमा मदिरा सेवन तथा बिक्री वितरणमा प्रतिबंध छ । जिल्ला प्रशासन कार्यालय मोरङ प्रमुखको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख र छिमेकी राष्ट्र भारतको बिहार राज्य अन्तर्गत मोरङ, सुनसरी सँग टासिएको अररिया जिल्लाको डि.एम.सँग जुम मिटिङ्ग गरेर दुई देश बीचको सीमा बन्धी भएको समस्याहरूको बिषयमा छलफल भएको थियो । छलफलमा नेपालको लागि लागुऔषधको समस्या र बिहारको लागि मदिराको समस्यामा पनि छलफल भएको थियो । होली पर्वमा अधिकांस मानिसहरू मदिरा सेवन गरेर हुने होहल्ला झै झगडा हुने गरेको कारणले दुई देश बीचको सम्बन्ध बिग्रिन नदिन होलीको एक दिन अगाडि सिमावर्ती एरियाहरुको मदिरा पसलहरुमा अनुगमन गरेको बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्