१६ चैत्र २०८०, शुक्रबार
Tags

विराटनगर-५ मा विराट राजबंशी महोत्सव मेला उद्घाटन, चैत्र १५ गते सम्म मेला रहने

रणभूमी डेस्क शनिबार, चैत्र ०५, २०७८

विराटनगर / चैत्र ५, विराट राजबंशी प्रगतिशील समाजले बिराटनगर-५ त्रिमूर्ति चौकमा आज देखि चैत्र १५ गते सम्म आयोजन गरेको विराट राजबंशी महोत्सव मेलाको विधिवत रूपमा बिराटनगर महानगर पालिकाको मेयर भीम पराजुलीले उद्घाटन गरेका छन् ।

समाजले आयोजना गरेको मेलामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई विराट राजवंशी समुदायको पहिरन धोती, गम्छा र टोपी लगाई दिएर समाजका अगुवाहरुले स्वागत गरेका थिए । चैत ५ गते देखि चैत १५ गते सम्म लाग्ने महोत्सवमा मनोरंजनका लागि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती, केटाकेटीहरुको लागि रोटेपिङ, जादु, लगायत मनोरंजनका व्यवस्था गरिएको छ भने विभिन्न किसिमको सामग्रीहरुको समेत स्टलहरु राखिएको छ । खासगरी विराटराजवंशी संस्कृतीको खाना पिनका सामग्रीहरु लगायत अन्य जातजातिको संस्कृती झल्कने स्टलहरु रहने छ ।

मनोरंजनका प्रस्तुतीमा प्रत्येक दिन महोत्सवमा ख्याती प्राप्त कलाकार सुमन पोखरेल, अनु चौधरी, मेलिना राई, प्रमोद खरेल, प्रिति आले, प्रकाश सपुत, ज्योति मगर, रचना रिमाल, डम्मर नेपाली, सन्नु कुमार, प्रवलदीप विश्वास, शिव परियारको प्रस्तुती रहने छ ।
विराट राजवंशी महोत्सव मेला २०७८ को आयोजक संस्था विराट राजवंशी प्रगतीशील विकास सामाज समितिका अध्यक्ष किरण राजवंशीले भने ‘यो महोत्वको मुख्य उदेश्य नै कोरोना कालवाट थाला परेको सामाजिक व्यक्तिहरु, यूवावर्गहरु र केटा केटीहरुको पुनर्ताजगी गराउने हो’ त्यसैले सभ्य र भव्य महोत्सवमा विराट राजवंशी समुदाय लगायत सवै समुदायका जातिजातिहरुलाई महोत्सवमा सहभागी भई मनोरंजन लिन आग्रह गरेको छ ।
उद्घाटन सत्रमा जनता समाजवादी पार्टी संघिय परिसद सदस्य उमेश यादव, विराट राजवंशी विकास उत्थान समितका अध्यक्ष भूनेश्वर राजवंशी, विराट राजवंशी पुस्तकालयका अध्यक्ष कुशेश्वर राजवंशी, विराटनगर महानगर पालिका वडा नं. ५ का वडा अध्यक्ष मिन कुमार आचार्य, लगायतले महोत्सवको सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।
विराट राजवंशी महोत्सव मेलाको समुद्घाटन सत्र ममता राजवंशीको सभापतित्वमा सम्पन्न भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्